neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • बायर्नको जितमा लेवान्डोस्कीको ह्याट्रिक

बायर्नको जितमा लेवान्डोस्कीको ह्याट्रिक

Aug 29th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, भदौ १३

जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले सानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा बायर्न म्युनिखले हेर्था बर्लीनलाई ५-० गोलले पराजित गरेको हो ।

बायर्न म्युनिखलाई जित दिलाउन रोबर्ट लेवान्डोव्स्कीले ह्याट्रिक गरे भने थोमस मुलर र जमै मुसियालाले एक-एक गोल गरे। बायर्न म्युनिखले दुई गोल पहिलो हाफ र तीन गोल दोस्रो हाफमा गरेको हो ।

खेलको छैठौं मिनेटमा थोमस मुलरले गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए । ३५ औं मिनेटमा रोबर्ट लेवान्डोव्स्कीले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे ।

दोस्रो हाफको ४९ औं मिनेटमा जमै मुसियालाले गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए। ७० औं मिनेटमा लेवान्डोव्स्कीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४-० ले अघि बढाए।

त्यसपछि खेलको ८४ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे र बायर्नलाई ५-० को सानदार जित दिलाए ।यससँगै लेवान्डोस्कीले बायर्नका लागि ३०० औं  गोल पूरा गरेका छन्।

जितसँगै बायर्नले ३ खेलबाट सात अंक जोडेको छ र दोस्रो स्थानमा उक्लिएको छ। शीर्ष स्थानको लिभरकुसेनको पनि ३ खेलबाट सात अंक छ ।पराजित एहेर्था बर्लीन अंक विहीन पुछारमा छ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi