neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

आर्सनलमाथि सिटीको फराकिलो जित

Aug 28th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, १२ भदौ

साविक विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा फराकिलो जित निकालेको छ। शनिवार घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले १० खेलाडीमा सिमित आर्सनललाई ५-० गोलले पराजित गरेको हो ।

म्यानचेस्टर सिटीलाई जित दिलाउन फेरान टोरेसले दुई गोल गरे भने इल्के गुंडोगन,गब्रिएल जेजस र रोड्रीले एक-एक गोल गरे ।

खेलको सातौं मिनेटमा इल्के गुंडोगनले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

खेलको १२ औं मिनेटमा फेरान टोरेसले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए ।

खेलको ३५ औं मिनेटमा आर्सनल १० खेलाडीमा सिमित बनेको थियो ।आर्सनलका ग्रानीट हाका रातो कार्ड खादै मैदान बाहिरिएका थिए। जसको फाइदा सिटीले उठायो ।

खेलको ४३ औं मिनेटमा गब्रिएल जेजसले गोल गर्दै सिटीलाई ३-० ले अघि बढाए ।

दोस्रो हाफको ५३ औं मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई ४-० ले अघि बढाए ।

त्यसपछि खेलको ८४ औं मिनेटमा फेरान टोरेसले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ५-० को
फराकिलो जित दिलाए ।

जितसँगै सिटीले ३ खेलबाट ६ अंक जोडेको छ र तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। पराजित आर्सनल अंक विहीन तालिकाको पुछारमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi