आधारभूमि संवाददाता
काठमाडौ, भदौ १२
ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ७ भित्रका ४९ छाडा भुस्यांहा पोथी कुकुरहरुको पशु आवाज नेपाल संस्थाले स्थायी बन्धयाकरण गरिएको छ । भाद्र १२, १३, र १४ गते सम्म बन्ध्याकरण क्याम्प रहने संस्थाकी संयोजक रुपा अधिकारीले आधारभूमिलाई जानकारी गराइन् । यस्तो अभियान देश भरी नै गर्दै जाने लक्ष पनि रहेको संस्थाको संयोजक अधिकारीले बताइन् ।