neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • डेब्यु खेलमै जोकिन कोरिया चम्किदा इन्टरको जित

डेब्यु खेलमै जोकिन कोरिया चम्किदा इन्टरको जित

Aug 28th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, १२ भदौ

जोकिन कोरियाले इटालियन सिरी ए फुटबलमा डेब्यु खेलमै दुई गोल गरेपछि इन्टर मिलानले जित निकालेको छ ।

शुक्रबार राति भएको खेलमा इन्टर मिलानले भेरोनालाई ३-१ ले गोल अन्तरले पराजित गरेको हो ।

मिलानलाई जित दिलाउन जोकिन कोरियाले डेब्यु खेलमै दुई गोल गरे भने लौटारो मार्टिनेजले एक गोल गरेका थिए। भेरोनाका इवान ल्लिकले एक गोल गरे गरेका थिए ।

खेलमा पहिलो अग्रता भने भेरोनाले लिएको थियो।खेलको १५ औँ मिनेटमा भेरोनाका इवान ल्लिकले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

तर,दोस्रो हाफको ४७ औँ मिनेटमा इन्टर मिलानका लौटारो मार्टिनेजले गोल गर्दै खेल १-१ को बराबरीमा फर्काए ।

खेलको ८३ औँ मिनेटमा जोकिन कोरियाले गोल गर्दै इन्टरलाई २-१ ले अघि बढाए। वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका कोरियाले हेड मार्फत गोल गरेका हुन् । कोरिया मार्टिनेजको स्थानमा ७४ औं मिनेटमा मैदान छिरेका थिए ।

त्यसपछि इन्जुरी समयको चौथो मिनेटमा कोरियाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-१ को जित दिलाए ।

जितसँगै इन्टर मिलानले ६ अंक जोडेको छ र तालिकाको शीर्ष स्थानमा छ ।पराजित भेरोना अंक विहीन तालिकाको पुछारमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi