आधारभूमि संवाददाता
काठमाडौं, भदौ ११
ललितपुरको महालक्ष्मी नगरपालिकामा रेनु गिरीको अध्यक्षतामा ६१ सदस्यीय नेकपा एमाले अ.ने.म. संघ गठन भएको छ । उपाध्यक्षमा मेनुका के.सी, सचिवमा सुधा कँडेल, कोषाध्यक्षमा रमा आचार्य लगायत ६१ सदस्यीय नेकपा एमाले अ.ने.म.संघ गठन भएको बुझिएको छ ।
गठन कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले अ.ने.म. संघ केन्द्रिय सचिव शुजिता शाक्य, विशेष अतिथि महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ, अतिथिहरुमा नेकपा अ.ने.म.संघ केन्द्रिय सचिवालय सदस्य मिरा गरङ्जा , नेकपा एमाले ललितपुर जिल्ला कमिटी सदस्यहरु देवीका राई, आशा राई, राजकुमार सिल्वाल, नेकपा एमाले अ.ने.रा.स्व. यु. सचिव समिक बडाल, ललितपुर क्षेत्र नं. २ का क्षेत्रीय सदस्य मोहन के. सी. नेकपा एमाले महालक्ष्मी वडा पार्टी नं. ५ कमिटीका अध्यक्ष कृष्णहरी थापा मगर, सचिव ऋषि बराल लगायतलको उपस्थितिमा गठन भएको थियो ।