आधारभूमि संवाददाता
काठमाडौं, भदौ ११
शुक्रवार थप २ हजार ६५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा १३ हजार ११७ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या सात लाख ५६ हजार ४९२ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १३ हजार ११७ जनाको परीक्षण भएको छ । हालसम्म ३८ लाख ७७ हजार ४६९ जनाको पीसीआर परीक्षण गरिएको छ।
थप २३३७ जना डिस्चार्ज
नेपालमा पछिल्लो २४ घण्टामा २३३७ जनाले कोरोना जितेका छन् ।
यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या सात लाख आठ हजार २३० पुगेको छ ।
थप २५ को मृत्यु
पछिल्लो २४ घण्टामा २५ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ६६३ पुगेको छ।