neapl investment mega bank
  • गृहपृष्ठ
  • खस्कीयो बैदेशिक मुद्रा सञ्चिति, १० महिनाको मात्रै आयात धान्ने

खस्कीयो बैदेशिक मुद्रा सञ्चिति, १० महिनाको मात्रै आयात धान्ने

Aug 27th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, भदौं ११

देशमा भित्रिने मुद्राको तुलनामा बाहिरिने रकम बढेसँगै देशको बिदेशी बिनिमय सञ्चिमिा कमि आएको छ । २०७७ असार मसान्तमा १४ खर्ब १ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ०.२ प्रतिशतले कमी आई २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड कायम भएको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७८ असार मसान्तमा ०.९ प्रतिशतले वृद्धि भई ११ अर्ब ७५ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा १२२६ अर्ब १२ करोड रहेकोमा २०७८ असार मसान्तमा १.५ प्रतिशतले वृद्धि भई १२४४ अर्ब ६३ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०७७ असार मसान्तमा १७५ अर्ब ७१ करोड रहेकोमा २०७८ असार मसान्तमा १२.१ प्रतिशतले कमी आई १५४ अर्ब ३९ करोड कायम भएको छ । २०७८ असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.० प्रतिशत रहेको छ ।

२०७७÷७८ को आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.२ महिनाको वस्तु आयात र १०.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

गत आर्थिक वर्षको असार मसान्तमा २ खर्ब ८२ अर्ब ४१ करोडले बचतमा रहेको सोधनान्तर स्थिती चालु आर्थिक वर्षमा २ खर्ब ८१ अर्बले घटेर १ अर्ब २३ करोडले बचतमा हुन पुगेको छ।

गत आर्थिक वर्ष २०७७÷७८ मा चालु खाता ३३३ अर्ब ६७ करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष चालु खाता ३३ अर्ब ७६ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष ३३ करोड ९८ लाखले घाटामा रहेको चालु खाता यो वर्षमा २ अर्ब ८४ करोडले घाटामा रहेको छ ।

गत आर्थिक वर्ष २०७७÷७८ मा पुँजीगत ट्रान्सफर ७.४ प्रतिशतले वृद्धि भई १५ अर्ब २६ करोड पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ०.२ प्रतिशतले वृद्धि भई १९ अर्ब ५१ करोड कायम भएको छ । अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर १४ अर्ब २१ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १९ अर्ब ४८ करोड रहेको थियो ।

गत आर्थिक वर्ष २०७७/७८ मा खुद सेवा आय ७२ अर्ब ८५ करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष खुद सेवा आय ९६ करोड ४७ लाखले घाटामा रहेको थियो । गत आर्थिक वर्ष २०७७÷७८ मा सेवा खाता अन्तर्गत भ्रमण आय ८८.१ प्रतिशतले कमी आई ७ अर्ब २७ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आय ६० अर्ब ८९ करोड रहेको थियो ।

गत आर्थिक वर्ष २०७७÷७८ मा सेवा खाता अन्तर्गत भ्रमण व्यय ३८.३ प्रतिशतले कमी आई ३२ अर्ब ८० करोड कायम भएको छ । यसमध्ये शिक्षातर्पmको व्यय २४ अर्ब ९६ करोड रहेको छ । अघिल्लो वर्ष भ्रमण व्यय ५३ अर्ब १४ करोड रहेकोमा शिक्षातर्फको व्यय २५ अर्ब ८१ करोड रहेको थियो ।

गत आर्थिक वर्ष २०७७/७८ मा विप्रेषण आप्रवाह ९.८ प्रतिशतले वृद्धि भई ९६१ अर्ब ५ करोड पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ०.५ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ८.२ प्रतिशतले वृद्धि भई ८ अर्ब १५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३.३ प्रतिशतले घटेको थियो ।