neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

टोटेनहमको जितमा केनको दुई गोल

Aug 27th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, भदौं ११

टोटेनहमले युरोपा कन्फरेस लिग (इसिएल) को समूह चरणमा स्थान पक्का बनाएको छ।

बिहीबार राति इसिएलको प्ले अफ छनोटको दोस्रो लेगमा टोटेनहमले पाकोस डि फेरेइरालाई ३-० ले पराजित गर्दै समग्रमा ३-१ को जित निकाल्दै समूह चरणमा स्थान पक्का बनाएको हो।

पहिलो लेगमा टोटेनहम पाकोस डि फेरेइरासँग १-० गोल अन्तरले पराजित भएको थियो ।

गएराति भएको दोस्रो लेगमा टोटेनहमलाई जित दिलाउन ह्यारी केनले दुई गोल गरेका थिए ।टोटेनहमले एक गोल आत्मघाती उपहार पाएको थियो ।

खेलको नवौं मिनेटमा ह्यारी केनले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।३५ औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-० ले अघि बढाए।

त्यसपछि दोस्रो हाफको ७० औं मिनेटमा पाकोस डि फेरेइराका जियोभानीले आत्मघाती गोल गरे पछि टोटेनहम ३-० ले अघि बढ्यो।

त्यसपछि बाकी समयमा कुनै गोल हुन सकेन र टोटेनहमले जित निकालेको हो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi