काठमाडौ, भदौ १०
नेपाल एसबिआई बैंक र सिप्रदी ट्रेडिङबिच सम्झौता भएको छ । हायर पर्चेज कर्जामा सहकार्य गर्ने बिषयमा उक्त सम्झौता भएको हो ।
सम्झौतामा बैंकको तर्फबाट बैकका रिटेल बैंकिङ प्रमुुख बद्रिलाल अमात्य र सिप्रदीका तर्फबाट अनुपमणि ढकालले हस्ताक्षर गरेकाछन । कार्यक्रममा बैकका तर्फबाट प्रमुख कर्जा अधिकृत बिनोद कुमार ढुंगेल एवं सिप्रदी ट्रेडिङका तर्फबाट अन्य उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिती रहेको थियो । बैकले हाल ८८ वटा शाखा, १९ वटा एक्सटेन्सन काउन्टर, सात वटा प्रादेशिक कार्यालय, एउटा कर्पोरेट कार्यालय र एक सय २२ वटा एटिएम काउन्टर मार्फत बित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।