neapl investment mega bank
  • गृहपृष्ठ
  • फोहर टिप्ने बहाना बनाई विभिन्न धनमाल चोरी गरेको अभियोगमा पक्राउ

फोहर टिप्ने बहाना बनाई विभिन्न धनमाल चोरी गरेको अभियोगमा पक्राउ

Aug 26th, 2021

काठमाडौं, भदौ १०

फोहर टिप्ने बहाना बनाई करिब नगद १ लाख ८५ हजार ५ सय रुपैयाँ मूल्य बराबरको धनमाल चोरी गरेको अभियोगमा ललितपुर बालकुमारी बस्ने महोत्तरी बर्दिबास नगरपालिका–८ रातोखोला घर भएका ३० वर्षीय झोक्की भन्ने कुमार तोलाङ्गेलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

भक्तपुर मध्यपुर ठिमी नगरपालिका–३ लोकन्थलीस्थित नरेन्द्रराज सिजापतीको घरबाट जेठ १ गते राति उक्त धनमाल चोरी गर्ने कार्यमा संलग्न उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–३२ बालकुमारीबाट पक्राउ गरेको हो । साथै उनको साथबाट २ थान ल्यापटप र १ थान मोबाइल समेत प्रहरीले बरामद गरेको छ ।

तोलाङ्गे बिजुलीको तार चोरी मुद्धामा २०७२ साल असोजमा पक्राउ परी जेल चलान भई २०७५ सालतिर छुटेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुर पठाइएको उक्त महाशाखाले जनाएको छ ।