neapl investment mega bank
  • गृहपृष्ठ
  • कतार एयरवेज कार्गोलाई नेपालबाट सर्वाधिक कार्गो उत्थानका लागि अवार्ड प्रदान

कतार एयरवेज कार्गोलाई नेपालबाट सर्वाधिक कार्गो उत्थानका लागि अवार्ड प्रदान

Aug 26th, 2021

काठमाडौ, भदौ १०

वैश्विकस्तर मै अग्रणी एयर कार्गो क्यारियर, कतार एयरवेज कार्गोलाई नेपाल फ्राइट फोरवार्डर्स एसोसिएशन (एनईएफएफए) द्वारा सन् २०२०मा देशबाट सर्वाधिक निर्यात टन (२८५० टन) उठाए बापत अवार्ड हस्तान्तरण गरिएको छ । अवाडर्, जुलाई २९, २०२१ मा एनईएफएफएद्वारा काठमाडौंमा आयोजित बार्षिक नेपाल कार्गो डे महोत्सवमा हस्तान्तरण गरिएको हो ।

देशको निर्यात समर्थनका लागि उल्लेखनीय भूमिका खेल्ने उत्कृष्ट तीन क्यारियर्सलाई सम्मान प्रदान गर्न संघद्वारा हरेक बर्ष अवार्डको आयोजना गर्दै आइरहेको छ । कतार एयरवेज कार्गोले एक दशक भन्दा लामो समयदेखि नेपालबाट सर्वाधिक अपलिफ्टका लागि पहिलो स्थान हात पार्दै आइरहेको छ ।

कतार एयरवेज कार्गोका प्रमुख अधिकारी, गुह्यूमो हेलियोक्स ‘नेपालबाट सर्वाधिक निर्यातका लागि यो अवार्ड पाउँदा हामी निकै गौरवान्वित तथा कृतज्ञ छौँ । हाम्रा ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्न हर—सम्भव प्रयास गर्ने हाम्रा समस्त सहकर्मीप्रति पनि कृतज्ञता ब्यक्त गर्न चाहान्छौँ । हाम्रा उपभोक्ता, स्थानिय अधिकारी तथा ब्यवसायिक साझेदारहरुको सहायतार्थ तिनको समर्पण र सामूहिक कार्य, त्यो पनि विशेषगरी महामारीको यो घडीमा निकै सराहनिय छ ।’

नेपाल एयरलाइन्सका लागि एक प्रमुख बजार हो । कम्पनीले सन् १९९७ देखि यसको राजधानी सहर काठमाडौंमा आफ्नो उडान सञ्चालन गर्दै आइरहेको छ । एयरलाइनको निर्यात बजार हिस्सा सन् २०२०मा नेपालबाट हुने समग्र निर्यातको ४५% र आयात ४४% रहेको छ । कतार एयरवेजले हाल अगष्ट महिनाका लागि हरेक हप्ता कार्गोका १५० टन क्षमता सहित हरेक पटक, काठमाडौंमा (टू एण्ड फ्रम) डबल दैनिक उडान भर्दै आइरहेको छ ।

आफ्नो दोहा केन्द्र मार्फत एयरलाइनले नेपाललाई यूएसए, यूरोप, अष्ट्रेलिया र एसियामा रहेका महत्वपूर्ण निर्यात गणतब्यसंग जोडी रहेको छ । महामारीको समयमा एयरलाइनले नेपालमा ब्यापारको निरन्तरताका लागि देश र ब्यवसायका आयात तथा निर्यात आवश्यकतामा सघाउदै तदर्थ आधारमा यात्री मालवाहकका साथै काठमाडौंबाट र भित्रिने निर्धारित उडानहरु सञ्चालन गरी उल्लेखनियरुपमा महत्वपूर्ण भूमिका खेलेको छ ।