काठमाडौ, भदौ ९
बेष्ट फाईनान्स कम्पनी लिमिटेडले काठमाण्डौ महानगरपालिका २२ मा रहेको न्युरोड शाखा कार्यालयलाई स्थानान्तरण गरेको छ । फाईनान्सले सोही वडाको न्युरोड, पिपलवोट स्थित रमा गृह भवनमा आज भदौ ९ गते बुधवार उक्त शाखा स्थानान्तरण गरी कार्यालय संचालन गरेको हो ।
नयाँ शाखा कार्यालयको उदघाटन संस्थाका संचालक समितिका महिला संचालक श्रीमती सुशिला खनाल तथा नेपाल सुनचांदी व्यवसायी महासंघका उपाध्यक्ष् एवं व्यवसायी महेन्द्र रत्न शाक्यले संयुक्तरुपमा गरेका थिए । कार्यक्रममा न्युरोड क्षेत्रका प्रतिष्ठित व्यवसायीहरु तथा संस्थाका पूर्व पदाधिकारी एव स्थानीय जनप्रतिनीधिको उल्लेखिय उपस्थिति रहेको थियो ।
नेपालको ४ वटा पुरानो फाईनान्स कम्पनीहरु मर्ज भई बनेको वेष्ट फाईनान्स कम्पनी लिमिटेडले हाल १४ वटा शाखा कार्यालयमार्फत आफनो सेवा दिदै आएको छ । संस्थाको प्रधान कार्यालय, कमलादी, काठमाडौमा रहेको छ । संस्थावाट हाल डिजिटल बैकिङ्ग सेवा लगायत नेपाल राष्ट्र बैकको निति बमोजिम विभिन्न बचत योजना सहित सहुलियत कर्जाहरु समेत प्रदान गर्दै आएको फाइनान्सले जानकारी दिएको छ ।