neapl investment mega bank

एकैदिन ४८ अंंकले घट्यो नेप्से

Aug 25th, 2021

काठमाडौ, भदौ ९

नेप्से एकैदिन ४८ अंकले घटेको छ । आज बुुधबार पनि ४८ दसमलव ४२ अंकले घटेर तीन हजार ७६ दसमलव ४४ अंकमा पुग्दा सेन्सिटिभ पनि नौ दसमलव ६७ अंकले घटेर पाँच सय ६७ दसमलव ९९ अंकमा पुगेको छ । दुुई सय २७ वटा कम्पनीहरुको एक लाख १८ हजार नौ सय ७२ पटकको कारोवारमा एक करोड ९५ लाख ९९ हजार ८९ कित्ता सेयर किनबेच भएकाछन भने कुुल सेयर कारोवार रकम १२ अर्ब नौ करोड २१ लाख तीन हजार पाँच सय चार रुपैयाँ पुुगेको छ ।

आज १३ वटा समुहको कारोवार भएकोमा १३ वटै समुहको सुुचक घटेर नेप्से रातै भएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक २९ दसमलव ४७ अंकले घटेर दुई हजार ३२ दसमलव ३४ अंकमा झर्दा जलबिद्युुत समुहको सुचक पनि १३ दसमलव चार अंकले घटेर तीन हजार पाँच सय चार दसमलव ९३ अंकमा झरेको छ । फाईनान्स समुहको सुचक पनि २१ दसमलव २९ अंकले घटेर तीन हजार एक सय ४८ दसमलव ३६ अंकमा झर्दा बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुबित्त, सामुुहिक लगानी कोष र लगानी समुहरुको सुचक पनि घटेकाछन ।

आज बढी कमाउने कम्पनीहरुको सुचीमा जीवन बिकास लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा रुरु हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने अरुण कावेली पावर लिमिटेड परेको छ ।