neapl investment mega bank
  • गृहपृष्ठ
  • बिदेशिको उक्साहटमा लादिएको प्रणाली मुलुकले धान्दैनस्- कमल थापा

बिदेशिको उक्साहटमा लादिएको प्रणाली मुलुकले धान्दैनस्- कमल थापा

Aug 24th, 2021

काठमाडौ, भदौ ८

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको शासन प्रणाली मुलुकले धान्न नसक्ने बताएका छन् । बिदेशीको उक्साहटबाट लादिएको प्रणाली भन्दा सम्बर्द्धनबादको जगमा टेकेर नेपाललाई समृद्धिको बाटोमा लैजानु पर्ने भन्दै थापाले सनातन मूल्य मान्यता, गौरबशाली इतिहास र परम्परालाई भत्काएर मुलुक नबन्ने ठोकुवा गरे ।

गणतन्त्र , धर्मनिरपेक्षता र संघीयतामा पुनर्बिचार नगरी नहुने भन्दै थापाले मुलुकलाई स्वाधिन र समृद्धिको बाटो मा लैजाने नीति सम्बर्द्धनवाद भएको बताए। राप्रपा निशेधको राजनितीवाट नभई सबैलाई समेटेर उदारतापुर्बक मुलुक निर्माणमा जुट्ने शक्ति भएको भन्दै थापाले काङ्ग्रेस कम्युनिस्टको बिकल्प भनेकै राप्रपा भएको बताए । मुलुकको आबश्यता अनुसार राज्य ब्यबस्था लागू गर्दा दीगो र टिकाउ हुनेमा कसैको स्वार्थ पुरा गर्न षड्यन्त्रपुर्बक लादिएको प्रणालीले मुलुक र जनताको हित नहुने उनको भनाई थियो।

आज पार्टी कार्यालयमा पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले महाधिवेशन केन्द्रित हुन नेता कार्यकर्तालाई आग्रह गरे । पुर्ब प्रहरी उपरीक्षक कुल बहादुर थापा,पुर्ब नायब उपरीक्षक मान बहादुर कुँवर सहित हुम्लाबाट काठमाडौं आई अध्ययनरत विद्यार्थीहरुलाई थापाले सदस्यता प्रदान गरि पार्टीमा स्वागत गरे ।