neapl investment mega bank
  • गृहपृष्ठ
  • आजै पूर्णता पायो २ वडामा नेकपा एमाले अखिल नेपाल महिला संघले

आजै पूर्णता पायो २ वडामा नेकपा एमाले अखिल नेपाल महिला संघले

Aug 24th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, भदौ ८

ललितपुरको महाहलक्ष्मी नगरपालिका वडा नं. १० र ६ मा नेकपा एमाले अखिल नेपाल महिला संघ गठन भएको छ । नेकपा एमाले वागमती प्रदेश सभा सदस्य मिरा गरङजाको प्रमुख आतित्थ्यमा सम्पन्न कार्यक्रमा नेकपा एमाले वडा नं. १० मा सुनिता तामाङको अध्यक्षतामा २१ सदस्यीय अखिल नेपाल महिला संघ गठन भएको छ भने वडा नं. ६ मा विमला श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नेकपा एमाले वडा नं. ६ अखिल नेपाल महिला संघ गठन भएको छ ।

गठन कार्यक्रममा विशेष अतिथि ललितपुर जिल्ला सचिवालय सदस्य तथा नेकपा एमाले महालक्ष्मी नगर कमिटी अध्यक्ष हरि गोविन्द श्रेष्ठ, अतिथिहरुमा जिल्ला कमिटी सदस्य एवम अनेम संघ महालक्ष्मी नगर कमिटी अध्यक्ष आशा राई, नेकपा ललितपुर जिल्ला कमिटी सदस्यहरु देविका राई, कल्पना श्रेष्ठ, सुकुमान तामङ र ललितपुर २ नं. क्षेत्रीय कमिटी अध्यक्ष अष्टबीर व्यञ्नजकार तथा नगरकमिटी सदस्य विजय लामा, वडा कमिटी १० र ६ का नेकपा एमाले वडा कमिटीका सदस्यहरुले नव गठित कमिटीका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।