neapl investment mega bank
  • गृहपृष्ठ
  • सङ्क्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुर्याउन ध्यानाकर्षण

सङ्क्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुर्याउन ध्यानाकर्षण

Aug 24th, 2021

काठमाडौँ, ८ भदौ /रासस

मानव अधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग भेट गरी सङ्क्रमणकालीन न्याय, मानव अधिकार, शान्ति एवं समसामयिक विषयमा ध्यानाकर्षण गराएको छ ।

मन्त्रालयमा आज भएको छलफलमा सङ्क्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पु¥याउन, यस सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसला, अन्तर्राष्ट्रिय मानव अधिकार एवं मानवीय कानूनको मर्म अनुरुप ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन’ लाई शीघ्र संशोधन गर्न शान्ति समाजले आग्रह गरेको महासचिव रामकृष्ण बरालले राससलाई जानकारी दिनुभयो ।

रोम विधान अनुमोदन गर्न आग्रह

यसैगरी नेपाल राज्यपक्ष भएका मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि अनुरुप कानून निर्माण तथा परिमार्जन तदारुकताका साथ गर्न समाजले जोड दिँदै अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधानलाई अनुमोदन गर्न आग्रह गरेको छ । प्रतिनिधिमण्डलमा समाजका सभापति गोविन्द खनाल, सल्लाहकार होमकान्त चौँलागाई, महासचिव बराल, केन्द्रीय सदस्य कृष्णनारायण श्रेष्ठ लगायत संलग्न हुनुहुन्थ्यो ।