neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • एक महिनामा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा एक सय ४२ जना पीडित

एक महिनामा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा एक सय ४२ जना पीडित

Aug 23rd, 2021

काठमाडौ, भदौ ७

इन्सेकले साउन महिनामा १ सय ८ जना महिला र ३४ जना पुरुष गरी १ सय ४२ जना मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाबाट पीडित भएको जनाएको छ ।भदौ ७ गते साउन महिनाको मासिक विश्लेषण जारी गर्दै इन्सेकले ०७८ साउन महिनामा इन्सेक अनलाइनमा प्रकाशित समाचार अनुसार विभिन्न घटनामा परी राज्य पक्षबाट चार जना र अन्य पक्षाबाट १ सय ३८ जना पीडित भएका जनाएको हो । ‘प्रकाशित समाचार अनुसार प्रदेश २ मा ४९, प्रदेश १ मा २५ जना, लुम्बिनी प्रदेशमा १९ जना, गण्डकी प्रदेशमा १७ जना, कर्णाली प्रदेशमा १५, बागमती प्रदेशमा र सुदूरपश्चिम प्रदेशमा ६ जना पीडित भए ।’–विश्लेषणमा उल्लेख गरिएको छ ।

साउन महिनामा पत्नी हत्याका नौ, परिवारजनबाट हत्याका चार, बलात्कारपछि हत्याको एक, हिरासतमा मृत्युका दुई ओटा घटनाका सम्बन्धमा लेखिएका समाचार प्रकाशन गरिएको पनि विश्लेषणमा उल्लेख छ । साउन महिनामा एक जना मानव अधिकार रक्षकसहित नौ जनालाई कुटपिट गरिएका, जातीय विभेदका घटनामा तीन जना, पुरुषलाई गरिएको यौन दुर्व्यवहारको घटनामा एक जना पीडित भएका र १५ जना घाइते भएका विषयमा लेखिएका समाचार प्रकाशन गरिएको छ । ’साउनमा प्रकाशित समाचारमध्ये बाल अधिकार उल्लङ्घनका घटनामा परी ५१ जना बालिका पीडित भए । अभिलेखित घटनाहरूमध्ये बलात्कारका घटनामा ३९ जना, यौन दुर्व्यवहारका घटनामा १० जना र बेचबिखनको घटनामा एक जना र बेचबिखन प्रयासको घटनामा एक जना पीडित भए ।’–विश्लेषणमा उल्लेख छ ।

त्यसैगरी महिला अधिकार उल्लंघनका घटनामा ३९ जना पीडित भए । विश्लेषणमा उल्लेख गरिए अनुसार बलात्कारका घटनामा २० जना, बलात्कार प्रयासका घटनामा पाँच जना, यौन दुर्व्यवहारका घटनामा तीन जना, जबरजस्ती यौन कार्यमा लगाएको घटनामा एक जना, एसिड प्रहारको घटनामा एक जना, बेचबिखन घटनामा चार जना ‘बोक्सी’ आरोपको घटनामा एक जना र घरेलु हिंसाका घटनामा तीन जना महिला पीडित भए ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi