neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • ढुङ्गेधारा मास्दै महालक्ष्मी नगरपालिका वडा नं.४ का अध्यक्ष लक्ष्मण रोक्का

ढुङ्गेधारा मास्दै महालक्ष्मी नगरपालिका वडा नं.४ का अध्यक्ष लक्ष्मण रोक्का

Aug 23rd, 2021

आधारभूमि संवाददाता
काठमाडौं, ७ भदौ


ललितपुरको महाहलक्ष्मी नगर पालिका वडा नं.४ शिखर टोलमा रहेको विश्व प्राकितिक सम्पदा तथा पुरातात्विक चिसा पानी ढुङ्गेधारा मासी वडा कार्यालय भवन बनाउने काममा वडा नंं ४ का वडा अध्यक्ष लक्ष्मण रोक्का लागि परेका छन् ।

निज रोक्काले चार दलका नेताहरुलाई पत्र काटी सो ढुङ्गे धारा मासी वडाकार्यालय भवन निर्माण गर्न समर्थन जुटाउन पत्र समेत काटेका छन् । सो चिसापानी ढुङ्गेधारा मास्नबाट रोक्न नागरिक समाज, स्थानीय वासिन्दा, कमलपोखरी युवा समाज, ढुङ्गेधारा संरक्षणकका अभियन्ताहरुले गरेको अनुरोध लाई बेवास्ता गरेका छन् । सो निर्माणाधिन भवन निर्माण रोकी चिसापानी ढुङ्गेधारालाई पुरानै अवस्थामा ल्याउन चार दल तथा स्थानीय वासिन्दा, नागरिक समाज, ढुङ्गेधारा संरक्षक सरोकार, कमलपोखरी युवा समाजले महालक्ष्मी नगरपालिकालाई ज्ञापन पत्र समेत दिदा समेत वडा भवन निर्माण गर्ने कार्य गर्न रोकिएको छैन । वडा अध्यक्ष रोक्काका अनुसार सोे ढुङ्गेधारा पुरातात्विक नभएको १८ वर्ष अघि केही थापा परिवारले प्रयेग गर्ने गरेकोले निर्माण भएको हो ।

निर्माण गर्नु अघि महालक्ष्मी नगरपालिका वडा नंं. ४ का स्थानीय २४० जनाको सक्रिय सहभागिताको पहलमा निर्माण भएको बताए । महालक्ष्मी नगरपालिका योजना प्रमुख मनिष सुवेदीका अनुसार वडा ४ का वडा समितिले वडा भवन बनाउने निर्णय गरेको नगरकार्यपालिकाले अनुमोदन गर्न बाकी रहेको बताउँदै त्यस ढुङ्गेधारा मास्ने बारे कुनै जानकारी नभएको बताए ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi