neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • इल्चेलाई पराजित गर्दै एटलेटिको शीर्ष स्थानमा

इल्चेलाई पराजित गर्दै एटलेटिको शीर्ष स्थानमा

Aug 23rd, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, ७ भदौ

स्पेनिस ला लिगा फुटबलमा साविक विजेता एटलेटिको मड्रिड शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा एटलेटिकोले इल्चेलाई १-० गोलले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो ।

एटलेटिको मड्रिडलाई जित दिलाउन एन्जल कर्रियाले गरेको गोल नै निर्णायक बन्न पुग्यो । कर्रियाले खेलको ३९ औं मिनेटमा सो गोल गरेका हुन् ।

जितसँगै एटलेटिकोले २ खेलबाट ६ अंक जोडेको छ र शीर्ष स्थानमा छ ।पराजित इल्चेको एक अंक छ र तालिकाको १६ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi