neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • लण्डन डर्बीमा आर्सनल चेल्सीसँग पराजित

लण्डन डर्बीमा आर्सनल चेल्सीसँग पराजित

Aug 23rd, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, ७ भदौ

इंग्लिस प्रिमियर लिग अन्तर्गत लण्डन डर्बी खेलमा चेल्सीले आर्सनललाई पराजित गरेको छ ।आइतबार राति भएको खेलमा चेल्सीले आर्सनललाई २-० गोलले पराजित गरेको हो ।

चेल्सीलाई जित दिलाउन रोमेलु लुकाकु र रीस जेम्सले एक-एक गोल गरे।

खेलको १५ औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।इटालियन क्लब इन्टर मिलानबाट चेल्सी आएका रोमेलु लुकाकुले डेब्यू खेलमै गोल गरेका हुन् ।

त्यसपछि खेलको ३५ औं मिनेटमा रीस जेम्सले मेसन माउन्टको पासमा गोल गर्दै टोलीलाई २-० को जित दिलाए ।

जितसँगै चेल्सीले छ अंक जोडेको छ र तालिकाको शीर्ष स्थानमा छ ।पराजित आर्सनल अंक विहीन तालिकाको पुछारमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi