neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • पहिलो खेलमा बराबरीमा रोकियो युभेन्ट्स

पहिलो खेलमा बराबरीमा रोकियो युभेन्ट्स

Aug 23rd, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, ७ भदौ

इटालियन सिरी ए फुटबलको सिजनको आफ्नो पहिलो खेलमा युभेन्ट्स युडिनेजसँग २-२ गोलको बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा युभेन्ट्सले अंक बाड्नु परेको हो ।

खेलमा युभेन्ट्सको लागि पाउलो डिबाला र जुआन कुआद्राडोले एक-एक गोल गरे भने युडिनेजको लागि रोबर्टो पेरेरा र जेरार्ड डेउलोफेउले एक-एक गोल गरेका थिए।

खेलमा पहिलो अग्रता युभेन्ट्सले लिएको थियो।खेलको तेस्रो मिनेटमा युभेन्ट्सका पाउलो डिबालाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

खेलको २३ औँ मिनेटमा जुआन कुआद्राडोले गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफको ५१ औं मिनेटमा युडिनेजका रोबर्टो पेरेराले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।

त्यसपछि खेलको ८३ औं मिनेटमा जेरार्ड डेउलोफेउले गोल गर्दै खेल २-२ को बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।

बराबरीसँगै युभेन्ट्सले सिजनको आफ्नो पहिलो खेलमा एक अंक जोडेको छ र आठौं स्थानमा छ। बियुडिनेजको पनि एक अंक छ र नवौं स्थानमा छ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi