neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • इंग्लिस प्रिमियर लिग फुटबलमा सिटीको फराकिलो जित

इंग्लिस प्रिमियर लिग फुटबलमा सिटीको फराकिलो जित

Aug 22nd, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, ६ भदौ

साविक विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा फराकिलो जित निकालेको छ। शनिवार राति घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले नर्विच सिटीलाई ५-० गोलले पराजित गरेको हो ।

म्यानचेस्टर सिटीलाई जित दिलाउन ज्याक ग्रीलिस,आइमेरिक लापोर्टे,रहिम स्ट्रर्लिङ र रियाद महरेजले एक-एक गोल गरे । सिटीले एक गोल आत्मघाती उपहार पाएको थियो ।

सिटीले आत्मघाती गोल गोलबाट सुरुवाती अग्रता लिएको थियो ।नर्विच सिटीका गोलकिपर टिम क्रुलले खेलको सातौं मिनेटमा आत्मघाती गोल गरेका थिए ।

खेलको २२ औं मिनेटमा ज्याक ग्रीलिसले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफको ६४ औं मिनेटमा आइमेरिक लापोर्टेले गोल गर्दै सिटीलाई ३-० ले अघि बढाए ।

खेलको ७१ औं मिनेटमा रहिम स्ट्रर्लिङले गोल गर्दै सिटीलाई ४-० ले अघि बढाए ।

त्यसपछि खेलको ८४ औं मिनेटमा रियाद महरेजले गोल गर्दै सिटीलाई ५-० को सानदार जित दिलाए ।

जितसँगै सिटीले २ खेलबाट ३ अंक जोडेको छ र पाँचौं स्थानमा छ ।पराजित नर्विच सिटीको अंक विहीन तालिकाको पुछारमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi