neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • गोदावरी खोला क्षेत्र सरसफाइ अभियानको १२९औं हप्तामा सरसफाइका साथै वृक्षारोपण

गोदावरी खोला क्षेत्र सरसफाइ अभियानको १२९औं हप्तामा सरसफाइका साथै वृक्षारोपण

Aug 22nd, 2021

आधारभूमि संवाददाता

ललितपुर , ६ भदौ

शनिबार गोदावरी खोला क्षेत्र सरसफाइ अभियानको १२९ औं हप्ताको कार्यक्रम गोदावरी १४ दशघरेमा सरसफाइ तथा बृक्षारोपन गरेर सम्पन्न भएको छ ।

बिगत ३१ महिना देखि लगातार साप्ताहिक रुपमा सरसफाइ गर्दै जनचेतना फैलाउदै आइरहेको गोदावरी खोला क्षेत्र सरसफाइ अभियानले विभिन्न संघ सस्था ,स्थानियहरुको साथ र सहकार्य गर्दै आइरहेकोमा आज दशघरमा महिला समूहसङ्ग सहकार्य गरेर सार्बजनिक स्थान सफाइ गरि सचेतना दिने कार्य गरेको छ।

औषधिय गुणका बिरुवा रोप्नु का साथै संरक्षनका लागि महिला समूहले अग्रसरता लिएको अभियानका अभियन्ता गिता पुतवारले जानकारी दिइन ।

अभियानमा अभियन्ताहरु गिता पुतवार, राजु अर्याल ,शेखर गिरि , प्रिया पुतवार, अभियान सम्योजक बेबि राजभण्डारी लगायत स्थानीय को सहभागिता रह्यो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi