neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना बराबरीमा रोकियो

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना बराबरीमा रोकियो

Aug 22nd, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, ६ भदौ

स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिक बिल्बाओसँग बार्सिलोना बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा बार्सिलोनालाई बिल्बाओले १-१ गोलको बराबरीमा रोकेको हो ।

खेलमा बार्सिलोनाको लागि मेम्फिस डिपेले एक गोल गरे भने बिल्बाओको लागि इन्गो मार्टिनेजले एक गोल गरेका थिए।

खेलको ५० औं मिनेटमा बिल्बाओका इन्गो मार्टिनेजले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए।

तर,खेलको ७५ औं मिनेटमा बार्सिलोनाका मेम्फिस डिपेले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि कुनै गोल हुन सकेन र खेल बराबरीमा रोकिएको हो ।

बराबरीसँगै बार्सिलोनाको ४ अंक छ र शीर्ष स्थानमा छ। बिल्बाओको २ अंक छ र नवौं स्थानमा छ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi