neapl investment mega bank
  • गृहपृष्ठ
  • महालक्ष्मी विकास बैंक र सिप्रदि ट्रेडिङबिच सम्झौता

महालक्ष्मी विकास बैंक र सिप्रदि ट्रेडिङबिच सम्झौता

Aug 20th, 2021

काठमाडौ, भदौ ४

महालक्ष्मी विकास बैंक लिमिटेडले कमर्सियल भेहिकल्स खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले सिप्रद्री ट्रेडिङ प्रा. लि.सँग आज शुुत्रलबार सम्झौता गरेको छ ।

उक्त सम्झौता अनुसार सिप्रदि ट्रेडिङ प्रा. लि. बाट ग्राहकहरुले टाटा ब्राण्डका गाडीहरु खरिद गर्दा महालक्ष्मी विकास बैंकमार्फत सरल तरिकाले कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुलाई अधिकतम ५ वर्षको लागि कर्जा उपलब्ध गराउनुका साथै अधिकतम ७० प्रतिशतसम्म कर्जा प्रवाह गरिने छ । देशका १०३ वटा शाखाहरुबाट ग्राहकहरुलाई बंैकिङ्ग सेवा प्रदान गर्दे आएको बैकको सम्पूर्ण शाखाहरुबाट यो सुविधा उपलब्ध हुनेछ ।