neapl investment mega bank
  • गृहपृष्ठ
  • थप ३ हजार ७५ जनामा कोरोना सङ्क्रमण, २१२६ जना डिस्चार्ज, ३३ को मृत्यु

थप ३ हजार ७५ जनामा कोरोना सङ्क्रमण, २१२६ जना डिस्चार्ज, ३३ को मृत्यु

Aug 19th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, भदौ ३

बिहीबार थप ३ हजार ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा १६ हजार ४३८ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या सात लाख ४२ हजार २२८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १६ हजार ४३८ जनाको परीक्षण भएको छ । हालसम्म ३८ लाख ३ हजार १५ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप २१२६ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा २१२६ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या छ लाख ९१ हजार २९९ पुगेको छ ।

थप ३३ को मृत्यु

पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ४२९ पुगेको छ।