neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • ६ केजी १ सय ६८ ग्राम चाँदीका गहना सहित १ जना पक्राउ

६ केजी १ सय ६८ ग्राम चाँदीका गहना सहित १ जना पक्राउ

Aug 19th, 2021

पर्सा, ३ भदौ

वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटबाट ६ केजी १ सय ६८ ग्राम चाँदी जस्तो देखिने धातुको गहना सहित प्रसौनी गाउँपालिका-६ ठेगाना भएका ६० वर्षीय नागेन्द्र साह सोनारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट अवैध रुपमा चाँदीका गहना ल्याउँदै गरेको सूचनाको आधारमा प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त धातुको गहना सहित फेला पारी उनलाई पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi