काठमाडौ, भदौ २
आङ्खना ग्राहकहरुको सहजतालाई मध्यनजर गर्दै नबिल बैंकले नबिल क्यास मेसिन जारी गरेको छ । आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्ने तर्फ केन्द्रित हुँदै यो नबिल क्यास मेसिनले ग्राहकहरुलाई एटिएम मार्फत रकम झिक्ने मात्र नभई रकम जम्मा पनि गर्न सक्ने सुविधा ल्याएको छ । यो प्रविधी नबिल बैंकले सुरुवातमा नबिल बैंकको तीनधारा शाखा र पुल्चोक शाखाबाट सुरु गरेको हो । अब ग्राहकहरुले मेशिनमा एक हजार, पाँच सय र एक सय नेपाली रुपैयाँ जम्मा गर्न सक्नेछन् भने एक पटकमा ९९ हजार नौ सय जम्मा गर्न सक्नेछन । साथै यस मार्फत नबिलको कुनै पनि बचत र चल्ती खातामा जम्मा गर्न सक्नेछन् । साथै यस मार्फत ग्राहकहरुले आङ्खनो क्रेडिट कार्ड भुक्तानी पनि गर्न सक्नेछन् ।
बैकले आङ्खनो देशभर १३५ वटा शाखा कार्यलयहरु, १८४ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहितविभिन्न देशमा रहेका एजेन्टहरुको बृहत संजालमार्फत निरन्तर गुणस्तरिय सेवा प्रवाह गरिसकेको छ । एक उच्च प्रशिक्षित समुह र मजबुत र सुरक्षित बैंकिङ्ग प्रणालीको साथ ३७ वर्È बैंकिङ्ग अनुभवको साथ, बैंकको ग्राहकहरुलाई मुल्य अभिवृद्घि गर्न उच्च सेवा वितरणको लागि लक्षित छ ।