काठमाडौ, भदौ २
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले कार्य समिति उपाध्यक्ष श्रीमति उर्मिला श्रेष्ठको सभापतित्वमा गठित नेपाल महिला चेम्बरका पदाधिकारी तथा सल्लाहकारहरुलाई मनोनयन पत्र प्रदान गरेकाछन ।
नव गठित नेपाल महिला चेम्बरको महा सचिवमा श्रीमति लिमा अधिकारी तथा कोषाध्यक्षमा चारु सिखारिया तथा सल्लाहकारहरुमा क्रमश अन्जना ताम्राकार, सान्ती लक्ष्मी शाक्य, निलम ताम्राकार, सोफी उपाध्याय, तथा सदस्यहरुमा क्रमस राजलक्ष्मी सिंह, जानकी प्रधान श्रेष्ठ, कोहिनुर श्रेष्ठ, स्वरुपा श्रेष्ठ, रज्जु तण्डुकार, विना प्याकुरेल, कल्पना देवि पिया श्रेष्ठ, अदिति गोयल, रहेकाछन ।
उतm अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपाली महिलाहरुको आर्थिक उत्थान हुन सकेमा समृद्धि हाशिल गर्न सकिने भएकाले नव गठित महिला चेम्बरले महिला उद्यमशीलता विकास तर्फ ध्यान दिनुपर्ने बताए । नव गठित समितिमा महिलाहरुको आर्थिक सशतmीकरण अभियानमा अनुभव हाशिल गर्नु भएका पदाधिकारी तथा सदस्यहरुको प्रतिनिधित्व भएकोले नेपाल महिला चेम्बरको रचनात्मक कार्यमा योगदान प्राप्त हुने अपेक्षा राख्दै कार्यकालको सफलताको कामना गरे ।