काठमाडौ, भदौ १
आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडले नायब प्रमुख कार्यकारी अधिकृतमा अमित श्रेष्ठलाई
यही भदौ एक गते अर्थात आज मंगलबारदेखि नियुक्त गरेको छ । उनले विगत १३ वर्षदेखि आइ.सि.एफ.सि. फाइनान्समा बिभिन्न विभागहरुमा रहेर काम गरिरहेका छन् । श्रेष्ठले आफ्नो बैंकिङ करियरको सुरुवात नेपाल एसबिआई बैंकबाट गरेका हुन् । श्रेष्ठले काठमाण्डौ युनिभर्सिटीबाट एमबीए गरेका हुन् ।
उनको बैकिङ क्षेत्रमा १९ बर्षको अनुभव रहेको छ । आइ.सि.एफ.सि फाइनान्स लिमिटेडमा उनी नायव प्रबन्धक पदबाट आफ्नो कार्यभार सम्हालेका थिए । यस फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा सुनिल पन्त, नायव महाप्रबन्धकमा लक्ष्मण प्रसाद जैसी तथा वरिष्ठ प्रबन्धकमा संजय थपलिया रहेकाछन ।