neapl investment mega bank
  • गृहपृष्ठ
  • थप ३ हजार २७४ जनामा कोरोना सङ्क्रमण, १९२९ जना डिस्चार्ज, २७ को मृत्यु

थप ३ हजार २७४ जनामा कोरोना सङ्क्रमण, १९२९ जना डिस्चार्ज, २७ को मृत्यु

Aug 17th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, भदौ १

मंगलबार थप ३ हजार २७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा १७ हजार ६८९ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या सात लाख ३७ हजार २९४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १७ हजार ६८९ जनाको परीक्षण भएको छ । हालसम्म ३७ लाख ७९ हजार २३० जनाको पीसीआर परीक्षण गरिएको छ।

थप १९२९ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा १९२९ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या छ लाख ८७ हजार ६९ पुगेको छ ।

थप २७ को मृत्यु

पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ३५४ पुगेको छ।