neapl investment mega bank
  • गृहपृष्ठ
  • अमेरिका पठाउन ४० लाखको डिल, बिचैमा रकम ठगेर भागेपछि कार्की पक्राउ

अमेरिका पठाउन ४० लाखको डिल, बिचैमा रकम ठगेर भागेपछि कार्की पक्राउ

Aug 17th, 2021

काठमाडौ, भदौ १

अमेरिक पठाईदिन्छुु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ परेकाछन । महानगरीय अपराध महाशाखा मिनभवनमा अनुसार ताप्लेजुुङको फुङलिङ घर भई हाल काठमाडौको तिनकुने बस्ने ५१ बर्षिय लाल बहादुर कार्की ठगीको आरोपमा पक्राउ परेका हुुन ।

पक्राउ परेका कार्कीले पाँचथरका ३० बर्षिय धुव्र कुमार राईलाई भिजिट भिषामा दुवई हुदैं अमेरिका जान ४० लाख रुपैयाँ लाग्छ र अमेरिका पुुगेपछि कोकाकोला कम्पनीमा मासिक तीन लाख रुपैयाँ तलब हुुने जागिर मिलाईदिन्छुु भनि बिश्वास दिलाई प्रलोभनमा पारी राईबाट ११ लाख ५० हजार रुपैयाँ ठगी फरार भएका थिए । सो पश्चात बैदेशिक रोजगार बिभागले ठगी कार्यमा संलग्न कार्कीलाई पक्राउ गर्न पत्रचार गरेपछि महाशाखाले कार्कीलाई पक्राउ यही साउन ३२ गते झापाबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि बैदेशिक रोजगार बिभागमा बुुद्धनगरमा पठाएको महाशाखाले जनाएको छ ।