neapl investment mega bank
  • गृहपृष्ठ
  • सिभिल बैंकको सर्वाधिक ब्याजदर सहितको वरिष्ठ वचत खाता

सिभिल बैंकको सर्वाधिक ब्याजदर सहितको वरिष्ठ वचत खाता

Aug 16th, 2021

काठमाडौ, सााउन ३२

समाजका वरिष्ठ व्यक्तिहरुको सम्मान गर्दै सिभिल बैंकले ल्याएको छ वरिष्ठ वचत खाता जसमा बैंकले सदैव सर्वाधिक ब्याजदर उपलब्ध गराउने छ । ५८ वर्ष भन्दा माथिकाले न्युनतम मौज्दात १० हजार रुपैयाँ राखी खोल्न सकिने यो वचत खातामा वार्षिक छ दसमलव पाँच प्रतिशतको सर्वाधिक ब्याजदर प्रदान गरिनुको साथसाथै ब्याजको भुक्तानी मासिक रुपमा प्रदान गरिनेछ । यसको अलावा विशेष सेवा अन्तर्गत रकम राख्न र झिक्न बैंकले घरदैलो सेवा पनि उपलब्ध गराउने छ ।

समाजका वरिष्ठ व्यक्तिहरुको सम्मान गर्दै बैंकले वरिष्ठ वचत खातामा सदैव सर्वाधिक ब्याजदर प्रदान गर्नै वाचा गर्दछ साथै विद्यमान कोरोना संक्रमणबाट सिर्जित कठिन अवस्थालाई मध्यनजर गर्दै वहाँहरुको सुविधा तथा आवश्यकतालाई मनन गर्दै बैंकले मासिक भुक्तानी तथा घरदैलो सेवा पनि उपलब्ध गराउने कुरा बैैंकका प्रमुख कार्यकारी अधिकृत सुनीलपा ेखरेलले वताउनु भयो ।

निक्षेप तर्फ ९१ अर्ब ६७ करोड र कर्जा तर्फ ८५ अर्ब १४ करोड रुपैयाँ पु¥याउन सफल भएको बैंकले निष्क्रिय कर्जाको अनुपातमा समेत उल्लेख्य सुधार गरी एक दसमलव पाँच प्रतिसतमा सिमित गर्न सफल भएको छ । बैकले आफ्ना ग्राहकहरुलाई आगामी दिनमा थप यस्तै आकर्षक सेवा तथा योजनाहरु प्रदान गर्दै जाने पनि बताएको छ ।