neapl investment mega bank
  • गृहपृष्ठ
  • साझाका पेट्रोल पम्पमा एभरेष्ट बैंकको क्यु आर कोड बाट भुक्तानी गर्न सकिने

साझाका पेट्रोल पम्पमा एभरेष्ट बैंकको क्यु आर कोड बाट भुक्तानी गर्न सकिने

Aug 16th, 2021

काठमाडौ, साउन ३२

एभरेष्ट बैंक लिमिटेडले समाजमा रहेको ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउनका लागि साझा सेवा (सहकारी संस्था) ले संचालन गरेका पेट्रोल पम्महरुमा एभरेष्ट बैंकको क्युु आर कोडबाट भुक्तानी गर्न सकिने सेवाको सुरुवात गरेको छ ।

यो सेवाको शुभारम्भ एभरेष्ट बैंकका बागमती प्रदेश प्रबन्धक सन्तोष भट्टराई र साझा सेवा सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत दिनेश पौडेलले संयुक्तरुपमा गरेकाछन् । सो कार्यक्रममा साझा सेवा (सहकारी संस्था) का प्रमुख लेखा अघिकृत दिवाकर श्रेष्ठ, एभरेष्ट बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेती, एभरेष्ट बैंकका पुल्चोक शाखाका शाखा प्रबन्धक लव कुइके ललगायतअन्य विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

साझाका पेट्रोल पम्पबाट पेट्रोलियम पदार्थ किनेपछि बैंकको क्युु आर कोडबाट भुक्तानी गर्दा रियल टाइममा नै साझा सेवा (सहकारी संस्था) को पुल्चोकस्थित शाखामा रकम जम्मा हुने व्यवस्था मिलाएको बैंकले जनाएको छ ।

स्थापनाकालदेखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १०४ शाखा संजाल, प्रादेशिक कार्यालय, १३६ वटा एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।