काठमाडौ,साउन ३२
डिजिटल भुक्तानी प्रणालीबाट हुने कारोबारलाई दैनिक जनजीवनमा व्यवहारिक बनाउन प्रोत्साहित गर्ने उद्देश्यले कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई लक्षित गरी कुमारी स्मार्ट लगईन च्यालेन्ज नामक आकर्षक अभियान शुरु गरेको छ । उक्त अभियानमा लक्की ड्र मार्फत प्रत्येक हप्ता १० जना र महिनाभर ४० जना भाग्यशाली सहभागीहरुले एक हजार रुपैयाँका दरले पुररस्कार प्राप्त गर्नेछन । यो अभियानको अन्त्यमा एक भाग्यशाली कुमारी स्मार्ट प्रयोगकर्ताले बम्पर उपहार १० हजार रुपैयाँ नगद प्राप्त गर्न सक्नेछन ।
यो अभियानमा सहभागी हुन ग्राहकहरुले सो अभियान शुरू भएको एक महिना सम्म तल मध्ये न्यूनतम कुनै एक कार्य दैनिक रुपमा गर्नुपर्नेछ । सो अभियान भाद्र १ २०७७ देखि सुरू हुदैंछ । यसको लागि कुुमारी स्मार्ट एपमार्फत आफ्नो खाताको विवरण हेर्ने अथवा टप–अप, बिल भुक्तानी, क्यूआर भुक्तानी वा बैंक ट्रान्सफर गर्नुपर्ने । बैंकले डिजिटल प्रणाली मार्फत सधै आफ्नो सेवाग्राहीहरुमा उत्कृष्ट सेवा प्रदान गर्न अत्याधुनिक डिजिटल बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे छ साथै यस अभियानमार्फत डिजिटल कारोबारलाई अझ प्रोत्साहित गर्दै यस महामारीको विषम परीस्थितिमा डिजिटल प्रविधिको प्रयोग द्घारा स्वस्थ जीवनयापन गर्न सहयोग पुग्नेमा बैंक विश्वस्त छ ।
बैंकले आफ्ना देशव्यापी १९४ शाखा सञ्जाल, १६५ एटिएम, २८ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामीदिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथाउत्कृष्ट सेवाप्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता बैंकले जनाएको छ ।