neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

कोर्रियाको दुई गोलमा एट्लेटिकोको जित

Aug 16th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, साउन ३२

एट्लेटिको मड्रिडले स्पेनिस ला लिगा फुटबलमा सुखद सुरुवात गरेको छ । आइतबार राति भएको खेलमा एट्लेटिकोले सेल्टा भिगोलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

एट्लेटिकोलाई जित दिलाउन एन्जल कोर्रियाले दुई गोल गरेका थिए । सेल्टा भिगोका इयागोले आस्पसले एक गोल फर्काए ।

खेलमा पहिलो अग्रता एट्लेटिकोले लिएको थियो।खेलको २३ औं मिनेटमा एन्जल कोर्रियाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

दोस्रो हाफको ५९ औं मिनेटमा सेल्टा भिगोका इयागोले आस्पसले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा फर्काए ।

तर, खेलको ६४ औं मिनेटमा एन्जल कोर्रियाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-१ को जित दिलाए ।

इन्जुरी समयको पाँचौं मिनेटमा दुबै टोली १० खेलाडीमा समेटिएको थियो ।

एट्लेटिकोका मारियो हर्मोसो र सेल्टा भिगोका ह्यूगो मल्लोले रातो कार्ड पाउँदै मैदान छाड्न परेको थियो।

जितसँगै एट्लेटिको मड्रिडले नयाँ सिजनको पहिलो खेलमा तीन अंक जोडेको छ ।पराजित सेल्टा भिगो अंक विहीन तालिकाको १६ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi