काठमाडौ, साउन ३०
प्रोग्रेशिभ फाइनान्स लिमिटेडले प्रदेश नं २ को जीतपुर सिमरा उपमहानगरपालिका वडा नं २ मा शाखा कार्यालय विस्तार गरी कारोबार शुरुवात गरेको छ । वित्तीय संस्थाको यो शाखा थप भएपछि अब १४ वटा शाखा र पाँच वटा एक्सटेन्शन काउन्टरहरुबाट वित्तीय सेवा प्रवाह हुनेछन् । फाइनान्सले प्रदान गरिरहेका सम्पूर्ण सेवा सुविधाहरु उक्त नयाँ शाखाबाट समेत प्रवाह हुने बताइएको छ ।
वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाँईले कोभिड १९ को महामारीकाबिच स्थापना गरिएको नयाँ शाखाले जीतपुर सिमरा नगर क्षेत्र सहित आसपासका अन्य गाउँपालिका तथा नगरपालिकाहरुमा बसोबास गर्ने स्थानीय जनताको घरदैलोमा नै पुग्ने गरी उच्चतम प्रविधिको उपयोगद्वारा निक्षेप संकलन तथा कर्जा प्रवाह लगायतका वित्तीय सेवाहरु उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
एटीएम,मोबाइल बैंकिङ, इ बैंकिङ, आइपीएस, कनेक्ट आइपीएस, सी आस्वा लगायत प्रविधिमा आधारित आधुनिक डिजिटल बैकिङ तथा रेमिटान्स सेवाहरुको उपलब्धता रहेको यस प्रोग्रेशिभ फाइनान्सले छिटै शाखारहित बैकिङ सेवा सञ्चालन गर्ने योजना अघि बढाएको छ ।
फाइनान्सले केही दिनभित्र नै देशका प्रमुख शहर तथा शहरोन्मुख क्षेत्रहरुमा थप २ वटा शाखाहरु तथा एक विस्तारित काउन्टर स्थापना गरी कारोबार सञ्चालन गर्ने तयारी गरेको नायब प्रमुख कार्यकारी अधिकृत महेश्वर पहारीले बताए ।