neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाल प्रहरीका प्राविधिकहरु गोर्खा इको प्यानलमा

नेपाल प्रहरीका प्राविधिकहरु गोर्खा इको प्यानलमा

Aug 14th, 2021

काठमाडौ, साउन ३०

प्रहरी प्रधान कार्यालय काठमाडौंका इन्जिनियरहरु लगायत तालिम समूहका प्रहरीहरुको टोलीले गोर्खा इको प्यानल उद्योगको भ्रमण गरेका छन् । भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा नं ९ हनुमानचास्थित इको प्यानल उत्पादन उद्योगको अवलोकन भ्रमण गरेको हो ।

गोर्खा इको प्यानलको प्रयोग कहाँंकहाँं कसरी कसरी गर्न सकिन्छ भन्नेबारे बुझ्न टोली उद्योगमा पुगेको हो । नेपाल प्रहरीका एसपी हरि डंगोल, प्रहरी इन्जिनियर सुजित तिवारीलगायतको नेतृत्वमा नेपाल प्रहरीको गाडीसहित १९ जनाको टोली उद्योगमा पुगेको हो ।

उद्योगमा पुगेर उनीहरुले गोर्खा इको प्यानलको उत्पादन, प्रयोग र प्रयोगको तरिकाबारे बुझेका थिए । गोर्खा इको प्यानल कसरी उत्पादन हुन्छ ? यो कहाँंकहाँं प्रयोग गर्न मिल्छ र कसरी प्रयोग गर्ने भन्ने विषयमा उनीहरुले बुझेका थिए ।

गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर सुरेश कवांको समूहले उनीहरुलाई उद्योगको अवलोकन भ्रमण गराएका थिए । त्यस अवसरमा उनीहरुले गोर्खा इको प्यानल बलियो, हुलुका निर्माण सामाग्री भएको, यो भूकम्पप्रतिरोधी, अग्नी नियन्त्रक रहेकोलगायतका विषयमा अवगत गराएका थिए । साथै गोर्खा इको प्यालन बलियो, अग्नी प्रतिरोधी भएको विषयमा प्रयोगात्मक रुपमा देखाएको थियो । गोर्खा इको प्यानल अग्नी प्रतिरोधी भएको भन्दै त्यसमा पेटोल छर्केर आगो लगाउँंदा पनि आगो नसल्केको देखाएको थियो ।

गोर्खा इको प्यानल भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो । यसको प्रयोग स्थायी तथा अस्थायी संरचनाको निर्माणमा प्रयोग गर्न सकिन्छ ।