आधारभूमि संवाददाता
काठमाडौं, साउन ३०
नेकपा एमाले महालक्ष्मी नगरपालिका वडा नं. ७ पार्टी कार्यालय उद्घाटन ललितपुर जिल्ला कमिटी अध्यक्ष हरि कृष्ण व्यञ्जनकारले पानसमा दिप प्रज्वलन गरी उद्घाटन गरेका छन् ।
कार्यक्रममा बोल्दै नेकपा एमालेका पुर्व प्रधानमन्त्रीलाई देशी विदेशी शक्तिहरुले ठुलो चलखेल बाट प्रधानमनीबाट हट्न वाध्य पारेको बताए । कार्यालय उद्घाटन ललितपुरका जिल्ला, क्षेत्र, नगर, जनबर्गीय संंगठनका नेताहरुले वडा नं. ७ वडा कार्यसमितिको सफल कार्यकालको कामना व्यक्त गरेका थिए ।उद्घाटन कार्यक्रमको सभापतित्व मुकुन्द ठकुरीले गरेका थिए ।