neapl investment mega bank
  • गृहपृष्ठ
  • चीनको सबैभन्दा ठूलो प्यासेन्जर भेहिकल निर्यातक चेरी आधिकारिक रूपमा नेपाली बजार प्रवेश

चीनको सबैभन्दा ठूलो प्यासेन्जर भेहिकल निर्यातक चेरी आधिकारिक रूपमा नेपाली बजार प्रवेश

Aug 12th, 2021

काठमाडौ, साउन २८

विश्व प्रसिद्ध अटोमोबाइल ब्रान्ड, ‘चेरी’ आधिकारिक रुपमा नेपाली बजारमा प्रवेश गरेको छ । साउन २८ मा आयोजित गरिएको एक भर्चुअल हस्ताक्षर समारोह मार्फत, आफ्नो आधिकारिक वितरकको रूप मा एस.पि.जी.अटोमोबाइल्स संग सम्झौतापत्र हस्ताक्षर गरिएको छ । चेरी २००३ देखि चीनको सबैभन्दा ठूलो प्यासेन्जर भेहिकल निर्यातकर्ता हो । यो बहुप्रतिक्षित ब्रान्डले नेपालको अटोमोबाइल क्षेत्रमा प्रबेश गरेपछि नेपाली अटोमोबाइल उद्योगमा सकारात्मक प्रभाव पार्ने कुरामा कम्पनी विश्वस्त छ ।

चेरी इन्टरनेशनलका अध्यक्ष झाङ गुईबिङका अनुसार दुई पक्षबिचको सहकार्यले नेपाली अटोमोबाइल क्षेत्रको विकासमा टेवा पुग्नेमा चेरी इन्टरनेशनल विश्वस्त छ । साथै नेपालमा दीर्घकालीन व्यापार रणनीतिको अनुशरण गर्दै चेरीले नयाँ उत्पादनको माध्यमबाट प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने र बजारको मागलाई सम्बोधन गर्ने आयोजना रहेको पनिउनले जानकारी दिए ।