neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

चेल्सीले जित्यो सुपर कपको उपाधि

Aug 12th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, साउन २८

चेल्सीले यूईएफए सुपर कपको उपाधि जितेको छ । बिहीबार सम्पन्न भएको फाइनल खेलमा चेल्सीले भिल्ला रियललाई पेनाल्टी सुटआउटमा ६-५ ले पराजित गर्दै सुपर कपको उपाधि जितेको हो ।

खेलको निर्धारित र थप समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । जसमा चेल्सी ६-५ ले विजयी भयो ।

पेनाल्टीमा जानु अघि चेल्सीले खेलको २७ औं मिनेटमा हाकिम जिएचको गोलबाट अग्रता लिएको थियो।

तर ,खेलको ७३ औं मिनेटमा भिल्ला रियलका जेरार्ड मोरेनोले गोल गर्दै खेल बराबरीमा फर्काएका थिए।

जितसँगै चेल्सीले २३ वर्षपछि यूईएफए सुपर कपको उपाधि जितेको छ । चेल्सीले यस अघि सन् १९९८ मा उपाधि जितेको थियो।

चेल्सी यस अघि फाइनलमा सन् २०१२ मा एथलेटिको म्याड्रिडसँग ४-१, सन् २०१३ मा बायर्न म्यूनिखसँग पेनाल्टी सुटआउटमा ५-४ र सन् २०१९ मा लिभरपुलसँग पेनाल्टी सुटआउटमा ५-४ ले पराजित भएको थियो।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi