neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • नियन्त्रित लागूऔषध नाईट्राभेट सहित ३ जना पक्राउ

नियन्त्रित लागूऔषध नाईट्राभेट सहित ३ जना पक्राउ

Aug 10th, 2021

काठमाडौं, साउन २६

चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट १ हजार ३ सय ८६ ट्याब्लेट नियन्त्रित लागूऔषध नाईट्राभेट सहित ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरी बोदेबरसाई नगरपालिका–१ बस्ने २० वर्षीय अर्जुन साह, सोही नगरपालिका–२ बस्ने मनु साह र सुनसरी धरान उपमहानगरपालिका–१६ बस्ने २५ वर्षीय सिदान्त श्रेष्ठ रहेका छन् ।

महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा लहानबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३–००१ ख ७१९ नम्बरको बसमा सवार सिदान्तलाई ६ सय ६ ट्याब्लेट र राजविराजबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३–००१ ख ०००७ नम्बरको बसमा सवार अर्जुनलाई ५ सय १० ट्याबलेट र मनुलाई २ सय ७० ट्याब्लेट गरी उक्त परिमाणको लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । उनीहरूउपर थप अनुसन्धान भईरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi