neapl investment mega bank
  • गृहपृष्ठ
  • हर्न निषेधलाई थप कडाइ गर्दै ‘नो हर्न स्टिकर अभियान” शुरु

हर्न निषेधलाई थप कडाइ गर्दै ‘नो हर्न स्टिकर अभियान” शुरु

Aug 10th, 2021

काठमाडौ, साउन २६

२०७४ वैशाख १ देखि उपत्यकालाई हर्न निषेधित क्षेत्र घोषणा गरे पश्चात हर्नको प्रयोगमा कमी आउनुको साथै सुरुवाती दिनहरुमा यसको कार्यान्वयनमा कडाई गरेको देखिएता पनि कोरोना संक्रमण पछिका दिनहरुमा क्रमश हर्नको प्रयोगमा बृद्धि हुदै गएको देखिन्छ ।

ट्राफिक प्रहरीले‘नो हर्न’ अभियानलाई थप प्रभावकारी र कडाई गर्न आजदेखि ‘हर्न निषेध’ का लागि स्टिकर टाँस्ने अभियान शुरू गरेको छ । उक्त स्टिकर चालकले देख्ने गरि अगाडीको सिसामा टासिएको महाशाखाले जनाएको छ ।

एसएसपी भट्टराईले नो हर्न अभियानलाई थप कडाई गर्न आजैवाट उपत्यकाको ३८ वटा ट्राफिक कार्यालयले एकैसाथ ५० हजार नो हर्न स्टिकर टाँस गरि अभियानलाई शुरु गरेको जानकारी दिनुभयो । उहाँले केहि समय यताअनावश्यक हर्नको प्रयोगमा क्रमश बृद्धि भैरहेकोमहशुस गरि हामीले यसलाई थप कडाई गर्न र अति आवश्यक नपरि हर्नको प्रयोग गर्नेलाई कडाईका साथ कारबाहीको दायरामा ल्याउन अभियानलाई पुन गति दिएका बताउनु भयो ।

जथाभावी हर्नको प्रयोगले ध्वनी प्रदुषण बढ्ने र यसले हाम्रो स्वास्थ्यमा समेत नकरात्मक असर गर्ने हुनाले अति आवश्यक नपरि हर्नको प्रयोग नगर्न समेत ट्राफिक प्रहरी महाशाखाले सम्पुर्ण सवारी चालकहरुलाई बिशेष अनुरोध गरेको छ ।