neapl investment mega bank
  • गृहपृष्ठ
  • स्वदेशमा पुनर्बिमा कम्पनी खुलेपनि रोकिएन बहिरिने रकम, विदेशी कम्पनीमा मोह

स्वदेशमा पुनर्बिमा कम्पनी खुलेपनि रोकिएन बहिरिने रकम, विदेशी कम्पनीमा मोह

Aug 10th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, साउन २६

पुनर्बिमा बापत बाहिरिने रकम रोक्न स्वदेशमा पुनर्बिमा कम्पनी खोलेपनि बाहिरिने रकममा भने कमि आउन सकेको छैन । कम्पनीहरुले स्वदेशको पुनर्बिमा कम्पनीमा बिमा गर्ने हिस्सा बढाउन नखोज्दा बाहिरिने रकममा कमि नआएको हो ।

अहिले देशमा १९ वटा जिवन बिमा र २० वटा निर्जिवन बिमा कम्पनी रहेका छन् । बिमा कम्पनीहरुले बिमा गरेपछि त्यसको फेरी उनिहरुले पुनर्बिमा कम्पनीसँग त्यो पोलिसिको बिमा गराउने गर्छन् । जोखिमको भार कम गर्नका लागि बिमा कम्पनीहरुले पुनर्बिमा गर्ने गरेका छन् । बिमा कम्पनीले मात्रै हैन स्वदेशमा सञ्चालित पुनर्बिमा कम्पनीले पनि अन्तर्राष्ट्रिय पुनर्बिमा कम्पनीसँग पुनर्बिमा गराउने गर्छ ।

पुनर्बिमा कम्पनीका अनुसार अघिल्लो आर्थिक वर्ष ८३ करोड ८१ लाख पुनर्बिमा बापत बाहिरिएकोमा यो वर्षको सोहि अवधिमा यस्तो रकम १० प्रतिशतले बृद्धि भएर ९२ करोड ८९ लाख पुगेको छ । त्यस्तै अन्य बिमा कम्पनीले अन्तर्राष्ट्रिय बिमा कम्पनीसँग पुनर्बिमा गर्दा आर्थिक वर्ष २०७५/०७६ मा ११ अर्ब ५५ करोड रकम बाहिरिएकोमा आर्थिक वर्ष २०७६/०७७ १३ अर्ब १० करोड बाहिरिएको बिमा समिति बताउँछ ।

पुनर्बिमा कम्पनी खुलेपछि भने अहिले देशमा पुनर्बिमा बापत पनि रकम भित्रिने गरेको छ । पुनर्बिमा कम्पनीका अनुसार गत आर्थिक वर्षमा १८ वटा देशहरुबाट ६८ करोड रकम पुनर्बिमा बापत आएको थियो । त्यस्तै गत वर्ष १४ वटा देशबाट करिब १ अर्ब ७३ करोड रकम भित्रिएको छ । अर्थात पुनर्बिमा कम्पनीले देशमा ल्याउने रकम १ सय ५३ प्रतिशतले बढेको छ ।

स्वदेशमा सञ्चालित बिमा कम्पनीले यहाँको पुनर्बिमामा २० प्रतिशत पुनर्बिमा गराउनु पर्ने व्यवस्था छ । तर, यो गरे नगरेको अहिलेसम्म खासै अनुगमन हुन सकेको छैन । जसका कारण विदेशी कम्पनीले पत्याएर नेपालको पुनर्बिमा कम्पनीमा बिमा गर्ने क्रम बढेपनि स्वदेशी कम्पनीले यहि पुनर्बिमा गर्ने क्रम भने बढ्न सकेको छैन ।

अहिले देशमा दुईवटा पुनर्बिमा कम्पनि सञ्चालनमा रहेका छन् । स्वदेशमै पुनर्बिमा गर्ने र ंकमि ल्याउन सकिनेछ ।