neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • रेल सञ्चालनको मिति तय हुन सकेन, कस्ले खोल्ला रेलको घुम्टो ?

रेल सञ्चालनको मिति तय हुन सकेन, कस्ले खोल्ला रेलको घुम्टो ?

Aug 9th, 2021

आधारभूमि संवाददाता

काठमाडौं। साउन २५

करौडो मूल्य तिरेर ल्याइएको रेल अहिले भारतीय सिमावर्ति क्षेत्रमा घुम्टो ओडाएर राखिएको छ । सरकारले अहिलेसम्म रेल सञ्चालनको मिति समेत तय गर्न सकेको छैन ।

रेल सञ्चालनका लागि आवश्यक कर्मचारीको व्यवस्थापन पनि भईसकेको छ । तर सरकारले रेल सञ्चालन कहिले गर्ने त्यसको मिति सरकारले महामारीका कारण टुंगो लगाउन सकेको छैन ।

जनकपुर–जनयनगर गुड्ने रेलको लिक लगायत भौतिक पूर्वाधार पुरा भइसकेका छन् । नेरोगेजलाई बिस्थापित गरि ब्रोडगेज रेल सञ्चालनका लागि निर्माण पुरा भएको २ बर्ष पछि जनकपुर–जनयनगर रेलवे लिकको प्राबिधिक परिक्षण गत साउन ३ गते गरिएको थियो ।

एक वर्ष अघि जनकपुर–जनयनगर रेलवेका लागि इन्जिन र बोगी सहितको रेल ल्याएपछि खुशीयाली छाएको थियो । तर, यात्रु बोक्नु पर्ने ती दुवै रेल अहिले सञ्चाचलन गर्नुको साटो भारतसँगको सीमावर्ती क्षेत्र इनर्वामा सशस्त्र प्रहरीको सुरक्षा घेरामा घुम्टो ओडाएर राखिएको छ ।

भारत पूर्वी केन्द्रिय रेलवे कम्पनीको डिजल लोकोमोटिभ रेल प्रतिघण्टा ६० किलोमिटरको गतिमा जयनगर देखि कुर्था जनकपुर आएको थियो भने जनकपुरबाट प्रतिघण्टा १ सय २० किलोमिटरको गतिमा जयनगर फर्किएको थियो ।

जनकपुरको कुर्थादेखि जयनगर सम्मको ३५ किलोमिटरको दुरी २३ मिनटमा पुरा गरेको थियो । जयनगरदेखि जनकपुर हुँदै बार्दिबास सम्म सञ्चालनका लागि गएको असोज २ गते भारतबाट ल्याइएको दुई सेट डेमो रेल जयनगर–बर्दिबास ६९ किलोमिटर दूरी मध्ये पहिलो चरणमा जयनगरदेखि जनकपुरधामको कुर्थासम्म ३५ किलोमिटरमा रेल सञ्चालनगर्ने तयारी छ ।

रेल सञ्चालन गर्न संघीय सरकारबाट बेवास्ता भएको प्रदेश सरकारको भनाई छ । भारतसंग ८४ करोडमा खरिद गरिएको रेलले एक पटकमा करिव १२ सय यात्रु बोक्ने क्षमता राख्छ ।

१९९४ देखि सञ्चालन भएको जनकपुर–जयनगर रेल सेवा स्तरोनन्तीका लागि सात वर्षअघिदेखि बन्द छ । स्तरोन्नतीको काम सकिएपनि यसलाई अहिले सञ्चालनमा ल्याउन सकस परेको छ ।

करोडौ मूल्य तिरेर ल्याएको रेल घुम्टो ओडाएर राख्दा यसले आर्थिक क्षति पुराएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi