neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

युभेन्ट्स बार्सिलोनासँग पराजित

Aug 9th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, साउन २५

बार्सिलोनाले प्रि(सिजन तयारी अन्तर्गत भएको मैत्रीपूर्ण खेलमा सहज जित निकालेको छ ।आइतबार राति भएको खेलमा बार्सिलोनाले युभेन्ट्सलाई ३-० गोलले पराजित गरेको हो ।

बार्सिलोनालाई जित दिलाउन मेम्फिस डिपे,मार्टिन ब्रेइटवेट र रिकुइ पुइगले एक-एक गोल गरे ।

खेलको तेस्रो मिनेटमा मेम्फिस डिपेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

दोस्रो हाफको ५७ औँ मिनेटमा मार्टिन ब्रेइटवेटले गोल गर्दै टोलिको अग्रता दोब्बर बनाए ।

त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा रिकुइ पुइगले गोल गर्दै टोलीलाई ३-० को सहज जित दिलाए ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi