neapl investment mega bank
  • गृहपृष्ठ
  • थप २ हजार ५४८ जनामा कोरोना सङ्क्रमण, २०२९ जना डिस्चार्ज, ५५ को मृत्यु

थप २ हजार ५४८ जनामा कोरोना सङ्क्रमण, २०२९ जना डिस्चार्ज, ५५ को मृत्यु

Aug 8th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, साउन २४

शुक्रवार थप २ हजार ५४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा १२ हजार ३७८ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या सात लाख १४ हजार ८७७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १२ हजार ३७८ जनाको परीक्षण भएको छ । हालसम्म ३६ लाख ८३ हजार ७३४ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप २०२९ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा २०२९ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या छ लाख ६९ हजार २९९ पुगेको छ ।

थप ५५ को मृत्यु

पछिल्लो २४ घण्टामा ५५ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ९३ पुगेको छ।