neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • सुमो दुर्घटनामा चालकको मृत्यु तथा चार जना घाइते

सुमो दुर्घटनामा चालकको मृत्यु तथा चार जना घाइते

Aug 8th, 2021

मकवानपुर, साउन २४

ईन्द्रसरोबर गाउँपालिका–२ सिमखोलास्थित सडकमा ना.१ ज २११४ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर आइतबार दिउँसो दुर्घटना हुँदा हाल नाम, थर, वतन नखुलेका सुमो चालकको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका भारत ज्ञानाबाद बिहार बस्ने १८ वर्षीय शिव शक्ति कुमार लगायत ४ जनालाई ईलाका प्रहरी कार्यालय भिमफेदीबाट खटिएको प्रहरीले उपचारको लागि हेटौंडा अस्पतालतर्फ पठाएको छ । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर र ३ जनाको मध्यम रहेको छ । आवश्यक उद्धार कार्य गर्नुका साथै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi