काठमाडौ, साउन २४
सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (सिभिल बैंक लिमिटेडको सहायक कम्पनी) ले काठमाडौं जिल्ला, तारकेश्वर नगरपालिकाको शेषमतिमा थप एक वटा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । काठमाडौंमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको संस्थाले नयाँ खोलिएको शाखा कार्यालय सहित २९ जिल्लामा ६४ वटा शाखा कार्यालयहरुमार्फत लघुवित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
‘समृद्धिको सहयात्री’ नारालाई सार्थकता दिंदै संस्थाले विपन्न वर्गका समुदायहरुको समृद्धिमा टेवा पु¥याउने उद्धेश्यका साथ आफ्नो सेवाहरु ५१ हजार घर परिवारमा पु¥याएको छ ।