neapl investment mega bank
  • गृहपृष्ठ
  • नयाँ सोच तर रकम अभावमा बसेका युवालाई अब २५ लाख ऋण, प्रस्ताव खोल्ने सरकारको तयारी

नयाँ सोच तर रकम अभावमा बसेका युवालाई अब २५ लाख ऋण, प्रस्ताव खोल्ने सरकारको तयारी

Aug 8th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, साउन २४

नयाँ व्यसाय गर्ने स्टार्ट अपहरुका लागि सरकारले १ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने गरि कार्यविधी तया। गरेको छ । करिब २५ लाख सम्म ऋण दिनेगरि नवप्रवर्तन सुरुवाती पुँजी कर्जा प्रवाह सम्वन्धी कार्यविधी अब अर्थमन्त्री जनार्दन शर्माले पास गर्न बाँकि छ ।

मन्त्रालयले सरोकारवाला निकायहरुसँग छलफल गरेर अन्तिम टुंगो लगाइसकेको छ । अहिलेको बजेटमा १ अर्बको च्यालेन्ज फन्डको समेत व्यवस्था गरिएको छ। गतवर्षको बजेटमा ५० करोड रकमको व्यवस्था गरेको बताइएको थियो ।

गत वर्षकोे बजेटले २ प्रतिशत ब्याजदरमा ऋण दिने भनेकोमा चालु आर्थिक वर्षको बजेटमा यसलाई घटाएर १ प्रतिशत बनाइएको छ । सोहि अनुसार कार्यविधी संसोधन गरि यसलाई स्वीकृत गरेर छिट्टै प्रस्ताव आह्वान गर्ने अथर्मन्त्रालयको तयारी छ ।

तर, गत वर्ष कार्यविधी नै नबनि सकियो । यसअघिको कार्यविधीमा अनुदानमा रकम उपलब्ध गराउने भनिएको थियो। तर, बिज्ञापन गरेर ६ सय ९९ जनाले योजना पेश गरेर पनि छनौट प्रक्रिया भने अघि बढाइएको थिएन ।

सरकारले गत वर्षको बैशाखमा स्टार्ट अप अर्थात नयाँ खालका सोच भएका व्यवसायलाई अनुदान दिने भन्दै बिज्ञापन सार्वजनिक गरेको थियो । करिब ६ सय ९९ जनाले योजना आयोगमा आवेदन दिएका थिए । ती आवेदनहरु अब खेर गएका छन् । छनोटका लािग सरकारले फेरी प्रस्ताव आह्वान गर्नेछ ।

दुई वर्ष अघिको बजेटमा नवप्रवर्तनकारी उद्यम अर्थात स्टार्ट अप बिजनेशका लागि अनुदान दिने भनिएको थियो । सोहि अनुुसार नै योजना आयोगले आवेदन पनि माग गर्याे । तर रकम बिनियोजन नहँुँदै मात्रै होइन, कार्यविधीले नै पुर्णता नपाउँदै यो वर्षको बजेटमा यस्तो रकम ऋणमा दुई प्रतिशतमा उपलब्ध गराउने घोषणा गरियो । जसलाई अहिले घटाएर १ प्रतिशत कायम गरिएको छ ।

स्टार्ट अप भनेको योजना तयार हुने बित्तिकै लगानी गर्नुपर्छ । त्यसैले यस्ता योजना सफल पार्न भनेर सरकारले यो वर्षकोे बजेटमा ५० करोड रकम पनि व्यवस्था गर्याे । तर यसका लागि कुनै प्रक्रिया अघि नबढाउँदा यस्तो नयाँ व्यसाय गर्न चाहनेहरु निराश भएका छन् ।

सरकारले अब कार्यविधी छिट्टै पास गरेर प्रस्ताव आह्वान गरि निराश बनेका युवाहरुसँग फेरी आवेदन माग गरेर छनोट प्रक्रिया अघि बढाउनु जरुरी छ ।